कांग्रेस नेता बस्नेतको व्यङ्ग्यः ‘बोका मोटाए पनि हजार धार्नी, हात्ती दुब्लाए पनि हजार धार्नी’

कांग्रेस नेता बस्नेतको व्यङ्ग्यः ‘बोका मोटाए पनि हजार धार्नी, हात्ती दुब्लाए पनि हजार धार्नी’


नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आजको संसदीय दलको बैठकमा सामान्य विषयमा मात्रै छलफल भएको बताए । 

आज पहिलो बैठक भएकाले आगामी २६ पुसमा हुने संसदको पहिलो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयले पनि प्रवेश पाएको बताए । उनले कांग्रेस ठूलो पार्टी भएका हिसाबले सरकारको विभिन्न तहमा हिस्सेदारी, सरकारमा सहभागीताका विषयमा विभिन्न दलहरूसँग छलफल पनि भएरहेको बताए । यसका लागि कांग्रेसले आफ्ना कुरा राख्दै आएको बताए । 

नेता बस्नेतले अहिले विभिन्न दलहरू सांसद बोकेर पसल थापिरहेको र यसमा कांग्रेसले आफ्नो निर्णय सुनाइरहेको बताए । 

संसदीय दलको बैठकबाट बारिने क्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा नरहे पनि कांग्रेसको भूमिका नघट्ने बताए । उनले बोका मोटाए पनि हजार धार्नी हात्ती दुब्लाए पनि हजार धार्नी भनेर व्यङ्ग्य पनि गरे ।  

Logo