‘हवाइ र विद्यालय तत्काल नखुल्ने’ देखि ‘नेकपा विवाद थप उत्कर्षमा’ सम्म (भिडियोसहित)

‘हवाइ र विद्यालय तत्काल नखुल्ने’ देखि ‘नेकपा विवाद थप उत्कर्षमा’ सम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सरकारले तत्कालका लागि लामो दूरीका यातायात, विद्यालय र हवाई उडान खुल्ने सम्भावना न्यून भएको जनाएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लामो दूरीका यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु र विद्यालय खुल्ने अवस्था न्यून भएको बताएका हुन् ।

त्यस्तै भारतको छिमेकी मुलुक पाकिस्तानले आफ्नो नयाँ नक्सा जारी गर्दै दिल्लीलाई दबाब दिएको छ । पाकिस्तानले जम्मु कश्मिर, लद्दाक र जूनागढलाई समावेश गर्दै आफ्नो नयाँ राजनैतिक नक्सा जारी गरेको हो । पाकिस्तानको मन्त्रिपरिषद्ले तयार पारेकाे नयाँ राजनैतिक नक्सालाई प्रधानमन्त्री इमरान खानले सदर गरेका हुन् ।

लकडाउनका कारण उपत्यकाको घरजग्गा कारोबारमा गिरावट आएको छ । लकडाउनले उत्पादन र रोजगारीमा देखिएको असर र आम्दानीका स्रोतमा कमी आउँदा उपत्यकाको घर–जग्गा कारोबारमा गिरावट आएको हो ।

त्यस्तैगरी कोरोना भाइसरको न्यूनिकरणका लागि लगभग चार महिना लामो लकडाउनका कारण कुन क्षेत्रमा कस्तो प्रभाव प¥यो भन्ने विषयमा नेपाल राष्ट्र बैंकले अध्ययन गरेको छ । सो अध्ययनअनुसार लकडाउनको अवधिमा सबैभन्दा बढी होटल तथा रेष्टुरा, शिक्षा, रियल स्टेट, यातायात तथा भण्डारण र व्यावसायिक क्रियाकलापहरु लगायतका क्षेत्र बढी प्रभावित भएको राट्र बैंकले जनाएको हो ।

सत्तारूढ दल नेकपाको विवाद उत्कर्षमा पुगेको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ–आफ्नो स्वार्थमा लाग्दा नेकपा विवाद उत्कर्षमा पुगेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

 

Skip This
Logo