एनसेलले तिहार र छठ पर्वको अवसरमा फोरजी डाटा बोनस योजना ल्याएको छ ।
यस अफरअन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डाटा र सात दिनको समयावधि भएको ५०० एमबीको डाटा प्याक खरिद गर्ने ग्राहकले चार गुणा बढी डाटा भोल्यूमको फाइदा लिन सक्नेछन् । यो अफर बिहीबारबाट लागु भई १५ दिन सम्मका लागि सञ्चालनमा रहने छ ।
कर बाहेक १५ रुपैयाँ (करसहित १९.१५ रुपैयाँ) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डाटा पाउनेछन् । यसको मतलब ग्राहकले कुल ३०० एमबी डाटा पाउनेछन् ।
त्यसैगरी कर बाहेक ७५ रुपैयाँ (करसहित९५.७७ रुपैयाँ ) शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबी फोरजी डाटा बोनसस्वरुप पाउनेछन् । यसरी कुल २००० एमबी डाटा पाउन सक्नेछन् ।
ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफरअन्तर्गत पाइने बोनस डाटा भोल्यूम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क सञ्चालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन् ।
यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफूलाई नजिकै पर्ने एनसेल सेन्टरमा गई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन् । यसको लागि १ रुपैयाँ शुल्क लाग्छ ।
प्रकाशित: ७ कात्तिक २०७६ १६:३९ बिहीबार