पुस २८ देखि ‘जेम एण्ड ज्वेलरी एक्स्पो २०२३’ आयोजना हुँदै

पुस २८ देखि ‘जेम एण्ड ज्वेलरी एक्स्पो २०२३’ आयोजना हुँदै


नेपाल रत्न तथा आभुषण संघ (नेग्जा) को चौथो जेम एण्ड ज्वेलर्स एक्स्पो हुने भएको छ । पुस २८ देखि माघ १ गतेसम्म होटल याक एण्ड यतिमा ‘जेम एण्ड ज्वेलरी एक्स्पो २०२३’ आयोजना गर्न लागिएको हो । 

एक्स्पो अन्तर्गत पुस २८ गते साँझ ६ बजेदेखि फेशन शो आयोजना गरिने छ भने पुस २९,३० र माघ १ गते एक्स्पो सञ्चालन हुने जनाइएको छ । पुस २९ गते दिउँसो साढे १२ बजे उद्घाटनमा हुने एक्स्पो बिहान १० देखि साँझ ७ बजेसम्म चालु हुनेछ । अर्थतन्त्रमा सकारात्मक सन्देश पुगोस् र सबैमा उत्साह एवम् उर्जा प्राप्त हुन सकोस भन्ने उदेश्यले एस्पोको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

संघले मुलुकमा आभुषण व्यवसायको विस्तार र विकास गरी रोजगारीका अवसरहरु विस्तार गर्ने, राजश्वमा थप योगदान गर्ने, आभूषण व्यवसायमा सहजता र व्यवसायीहरुको हक, हितको सुरक्षाको लागि उच्च स्तरमा निरन्तर रुपमा विभिन्न पहलहरु गर्दै आएको छ ।
 
एक्स्पोमा कूल ३८ कम्पनीहरु सहभागी हुने छन् । एक्स्पो संचालनमा नेपाल सरकारको साथै नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संस्थाहरुको सहयोग रहेको छ । यस इभेण्टको अवलोकनका लागि भारतको जैम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिलको उच्चस्तरीय प्रतिनिधि मण्डल आउने भएको छ । साथै आम उपभोक्ता एवम् सम्पूर्ण आभुषण व्यवसायीहरुलाई एक्स्पो अवलोकनको लागि आमन्त्रण गरिएको छ । एक्स्पोमा र फेशन शो समेत गरी करिव दशदेखि पन्ध्र हजार व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।
 
नेपाल रत्न तथा आभुषण संघ (नेग्जा) मुलुकमा हीरा, जवाहारात आदि वहुमूल्य रत्न, पत्थर आभुषण व्यवासायीहरुको पहिलो संस्था हो ।

Logo