सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आजबाट बिक्री खुला

सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आजबाट बिक्री खुला


सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले बिहीबारदेखि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हाे । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १०५ अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र (ईलाम जिल्लाका बासिन्दा) का लागि सेयर निष्कासन गरेको हो ।

त्यस्तै, १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन ५ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १९ गतेसम्म आवेदन दिनुपर्नेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

स्थानीय बासिन्दाले प्रभु बैंक र सेञ्चुरी बैंकको ईलाम शाखा, प्राइम बैंकको मंगलबारे र बिब्लाटे शाखा, आयोजना रहेको स्थान ईलाम नगरपालिका वडा–२ सुम्बेक, गंगतेबेसी साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन सम्बन्धी व्यवस्थाबाट समेत आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
 

Logo