बाह्रबिसे नगरपालिकाद्वारा किसानलाई गोरु पाल्न अनुदान

बाह्रबिसे नगरपालिकाद्वारा किसानलाई गोरु पाल्न अनुदान


सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरका गोरुपालक कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ ।

नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो । नगपालिकाले ७७६ बढी किसानलाई प्रतिहल १० हजार रुपैयाँ अनुदान वितरण गरेको हो । 

नगरपालिकाले कृषि क्षेत्रलाई अग्र्यानिक प्रर्वद्धन गर्ने उद्देश्य स्वरुप गोरुपालक किसानहरुलाई अनुदान दिएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताए । उनले नगरपालिकाले किसानलाई अनुदान मात्रै नभएर गोरुको अनिवार्य  बीमासहित अनुदान दिने बताए । नगरपालिकाले कृषकलाई मात्र नभइ समग्र नगरपालिकालाई नै विकास गर्न विभिन्न खालका नयाँनयाँ कार्यक्रम गरिरहेको उनले बताए । अहिले नगरपालिकाले निःशुल्क शिक्षा समेत कार्यान्वयन गर्दै आएको उनको भनाई थियो ।  
 
त्यस्तै,नगरपालिकाका किसान जितमान तामाङले गाउँमा बस्ने किसानहरुको कतै जागिर नहुने भएकाले गाउँको बारीमा जोत्ने खान पालिकाले प्रोत्साहन गरेकामा खुशी रहेको बताए । उनले नगरपालिकाले दिएको पैसाले गोरु बिरामी हुँदा दबाइमुलो गर्न र बाली किन्न सजिलो हुने गरेको बताए । 

अर्का कृषक ललितबहादुर बुढाथोकी र शिवप्रसाद तिमिल्सिनाले मेसिनलाई भन्दा गोरुहरुलाई प्रोत्साहान गरेकोमा खुशी लागेको बताए । 
 
नगरपालिकाले अनुदानस्वरुप ८० लाख बढी खर्च हुने अनुमान गरेको छ । नगरपालिकाले किसानको अपेक्षा अनुसार प्रोत्साहन अनुसार अनुदान दिएको हो । पालिकाले कृषिलाई लक्षित गरी आलु पकेट क्षेत्र, भोटे कुकुर संरक्षण कार्यक्रम, चौँरी संरक्षण कार्यक्रम, बाख्रापालन कार्यक्रम गर्दै आएको छ । पालिकाले २ करोड ५० लाख बढी रकम कृषिमा छुट्याएको छ । पालिकाको मुख्य पेशा कृषि, माथिल्लो क्षेत्रमा स्याउ, आलु, मकै, गहुँ, टमाटार, अलि तल्लो भेगमा धान खेती पनि हुन्छ ।

Logo