काँग्रेसको अपेक्षा थाहा छैन, गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार हुन्छः जनार्दन शर्मा

काँग्रेसको अपेक्षा थाहा छैन, गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार हुन्छः जनार्दन शर्मा


नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् । 

शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारुढ दलहरुसँग छलफल गरेपछि उम्मेदवारको टुंगो लाग्ने बताए । 

उनले काँग्रेसले गरेको कुराको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने निश्चित रहेको बताए । 

‘काँग्रेसको अपेक्षाको कुरा मलाई थाहा छैन । सरकार र जुन गठबन्धन बनेको छ, त्यसको बीचमा एउटा छलफल, सहमति भएर प्रतिपक्षसहित पनि सहमति हुन्छ भने त्यो राम्रो हो । भएन भने गठबन्धन दलभित्र नै सहमति बन्छ । किनभने गठबन्धनमा अहिले बहुमत छ । निर्वाचित बहुमतले गर्ने हो । सरकारमा भएका दलहरुले प्रश्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुनुहुन्छ ।’ उनले भने । 

सांसद शर्माले गठबन्धन फुटाउने र जोड्ने समय अब सकिसकेको भन्दै अहिले बनेको गठबन्धन निरन्तर अघि बढ्ने बताए । 

Logo