अमेरिकी डलरसँगै सबै विदेशी मुद्राहरुको मूल्य स्थिर

अमेरिकी डलरसँगै सबै विदेशी मुद्राहरुको मूल्य स्थिर


नेपाल राष्ट्र बैंकले आईतबारको लागि विनिमय दर सार्वजनिक गरेको छ । आइतबार अमेरिकी डलरसँगै सबै विदेशी मुद्राहरुको मूल्य स्थिर छ । 
आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा कायम गरिएको छ। यसअघि शनिबार पनि अमेरिकी डलर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसामा कारोबार भएको थियो । 

युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ २६ पैसा र बिक्रीमा १४० रुपैयाँ ९१ पैसा पाइन्छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ५६ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९० रुपैयाँ १८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५७ पैसा तोकिएको छ 

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६३ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ २६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शनिबार ३० रुपैयाँ २२ पैसा र बिक्रीमा ३० रुपैयाँ ३६ पैसा पाइन्छ।

आईतबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ६८ पैसा तोकिएको छ । त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४५ रुपैयाँ १२ पैसा तोकिएको छ।

Logo