नेपालमा कफी उत्पादनमा ५० प्रतिशत कमी

नेपालमा कफी उत्पादनमा ५० प्रतिशत कमी


नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका छन् । 

सोमवार काठमाडौंमा आयोजित नेपालको कफी उत्पादन सम्बन्धि गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका हुन् । उनले पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको बताए । 

‘पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेको छ । तर कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको छ । नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर रहेको छ । अरु देशको तुलनामा नेपालको कफी उत्पादन कम हो । नेपालमा अब व्यापार तथा निर्यात भन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्छ ।’ उनले भने । 

वरिष्ठ सहायक चौधरीले नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गरी उत्पादन वृद्धि गर्नुपर्ने बताए । उनले नेपालमा कफी खेती धेरै भएपनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरु वर्षैपिच्छे कम हुँदै जानु रहेको बताए । नेपालमा उच्च किसिमको उत्पादन दिने जातको कफी पनि नभएको उनले बताए ।  

Logo