शुभम पावरले आईपीओ निष्कासन गर्ने 

शुभम पावरले आईपीओ निष्कासन गर्ने 


शुभम पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला गर्ने भएको हो । 

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँड गरिसकेको छ । आईपीओ बाँडफाँड पश्चात् कम्पनीले बाँकी रहेको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो । 

कुल सेयरमध्ये २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र ११ हजार ६१० कित्ता कर्मचारीलाई छुट्याएको छ भने बाँकी ४ लाख ८१ हजार ८८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्ने छन् ।

यो आईपीओमा माघ २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा फागुन ३ गतेसम्म समय थप हुनेछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
 

Logo