सूर्यज्योति लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सहभागीहरुलाई प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम दिइएको कम्पनीले जनाएको छ । कार्यक्रममा देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिब र कार्यालय सञ्चालनमा सहयोग पुर्याउने करिब ३०० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रविन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष तालिम दिएका थिए।
कार्यक्रममा व्यवसायिक लक्ष्य हासिल गर्ने साथै कार्यालय सञ्चालनमा योग्दान पुर्याउने कर्मचारीहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले सम्मान गरे। साथै उनले कर्मचारीको दक्षता अभिवृद्धि गर्नु नै कम्पनीको प्रमुख लक्ष्य रहेको र आगामी दिनहरूमा पनि विभिन्न तालिम तथा सिपमूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा कम्पनीका सञ्चालक नन्दकिशोर शर्माले कर्मचारीको प्रगति र हितका लागि सञ्चालक समिति सकारात्मक रहेको भन्दै मेहनत र लगनशील भएर काम गर्न आग्रह गरे।
कार्यक्रममा व्यावसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सञ्चालनमा उत्कृष्ट योग्दान पुर्याउने ४८ जना कर्मचारीहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान गरेका थिए। चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहको कम्पनीले देशभर रहेका १८१ शाखा कार्यालयहरूबाट सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: १० माघ २०७९ १९:२० मंगलबार