घट्यो टाटा जेन्यूइन पार्ट्सको मूल्य, ६ महिना वारेन्टी पनि पाइने

घट्यो टाटा जेन्यूइन पार्ट्सको मूल्य, ६ महिना वारेन्टी पनि पाइने


टाटाको कमर्सियल भेइकलमा प्रयोग हुने जेन्यूइन पार्ट्सको मूल्य घटेको छ । नेपालका लागि आधिकारिक वितरक सिप्रद्धि ट्रेडिङ प्रालिले जेन्यूइन पार्ट्सको २२ प्रतिशतले मूल्य कम गरेर नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । 

कम्पनीका अनु्सार मुलुकमा बढ्दो आर्थिक संकटका कारण ग्राहकलाई परेको मारलाई कम गर्ने उदेश्यले जेन्यूइन पार्ट्सको मूल्य कम गरिएको हो । अब आधिकारिक सर्भिस सेन्टरमा गाडीको मर्मत सम्भार गराउँदा ग्राहकले स्पेयर पार्ट्समा ६ महिना अर्थात् ५० हजार किलोमिटरसम्मको वारेन्टीसमेत पाउनेछन् । 

नेपालको कमर्सियल भेइकल बजारमा टाटाले विगत लामो समयदेखी बजारको नेतृत्व लिँदै आइरहेको छ । 

Logo