कुन वाणिज्य बैंकले कति कमाए नाफा ? [भिडियाेसहित]

कुन वाणिज्य बैंकले कति कमाए नाफा ? [भिडियाेसहित]


वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३३ अर्ब ७५ करोड १९ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

बैंकहरुले अघिल्लो वर्षको सोही अवधिमा २९ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । सञ्चालनमा रहेका २२ मध्ये २१ बैंक नाफामा रहेका छन् । तर, कृषि विकास बैंक भने १३ करोड रुपैयाँ नोक्सानीमा रहेको छ ।

कुन बैंकको वित्तीय अवस्था कस्तो ?

१.नबिल बैंक 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नविल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार पुस मसान्तसम्ममा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । 

२.एन आईसी एसिया बैंक 
दोस्रो त्रैमाससम्म एनआईसी एशिया बैंकले ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

३.ग्लोबल आईएमई बैंक
बैंक अफ काठमाण्डौसँग मर्ज भएपश्चात् ग्लोबल आईएमई बैंकको दुई अर्ब ७८ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

४.एभरेष्ट बैंक 
दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार एभरेष्ट बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ८३ करोड ८९ लाख थियो ।

५. सनराइज बैंक
पुस मसान्तसम्म सनराइज बैंकले ६५ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ७४ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

६.लक्ष्मी बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लक्ष्मी बैंकले १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यो बैंकले ८१ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

७.सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको अवधिसम्म १ अर्ब १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्म १ अर्ब ५७ करोड ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिभन्दा यो अवधिमा बैंकको नाफा घटेको हो । 

८.एनएमबी बैंक 
चालु आर्थिक वर्षको ६ महिनामा एनएमबी बैंकले एक अर्ब ९० करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

९.स्ट्याण्डर्ड चार्टर्ड बैंक
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा  नाफा बढाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ८ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्म १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको हो ।

१०.माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब २ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब १ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

११. नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) 
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वषर्को ६ महिनामा ७६ करोड ६१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । बैंकले गत वर्ष पुस मसान्तसम्म ४४ करोड २६ लाख रूपैयाँ खुद नाफा गरेको थियो ।

१२. सानिमा बैंक 
सानिमा बैंकको नाफा पनि बढेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार १ अर्ब २८ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३ करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो ।

१३.हिमालयन बैंक 
हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९५ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेकोे छ । गत वर्ष यो बैंकले ७४ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

१४.सिभिल बैंक
सिभिल बैंकले दोस्रो त्रैमाससम्म ६३ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष यो बैंकले दोस्रो त्रैमाससम्म ५० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

१५.प्रभु बैंक
त्यसैगरी, दोस्रो त्रैमाससम्म प्रभु बैंकले १ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा घटेको हो । 

१६.राष्ट्रिय वाणिज्य बैंक
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि दोस्रो त्रैमासमा २ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । 

१७.प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६५ करोड नाफा आर्जज गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्म १ अर्ब ५७ करोड नाफा आर्जन गरेको थियो । 

१८.नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले १ अर्ब १७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ७८ करोड २७ लाख नाफा आर्जन गरेको थियो । 

१९. नेपाल बैंक 
नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको थियो । 

२०.कृषि विकास बैंक 
दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कृषि विकास बैंकको नाफा भने सबैभन्दा बढी प्रभावित भएको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको बैंक चालु आर्थिक वर्षको सोही अवधिमा १२ करोड ८९ लाख रुपैयाँले घाटामा देखिएको छ । 

२१. कुमारी बैंक
एनसीसी बैंकसँग मर्ज गरेको कुमारी बैंकको चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा खुद नाफा ६ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

२२. नेपाल इन्भेष्टमेन्ट मेगा बैंक 
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ६२ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

Logo