फागुन १ देखी महंगिँदै भेष्पा तथा अप्रिलियाका स्कुटरहरु, अब कुनलाई कति पर्छ ?

फागुन १ देखी महंगिँदै भेष्पा तथा अप्रिलियाका स्कुटरहरु, अब कुनलाई कति पर्छ ?


भेष्पा तथा अप्रिलिया स्कुटरको मूल्य बढ्ने भएको छ । नेपालका लागि आधिकारिक विक्रेता एमभी दुगड ग्रुपका अनुसार फागुन १ गतेवाट लागु हुनेगरी नयाँ मूल्य सुची सार्वजनिक गरिएको हो । 

कम्पनीका अनुसार यी स्कुटरमा २ हजारदेखी ६ हजार ५०० रुपैयाँसम्मले मूल्य बृद्धि गर्न लागिएको हो । भेष्पा ब्राण्डको सवैभन्दा सस्तो स्कुटर नोट्टे र एलएक्समा ५ हजार रुपैयाँ वृद्धि गरी २ लाख ९६ हजार ९४६ रुपैयाँ पुग्ने भएको साथै १२५ सीसीका अन्य स्कुटर भिएक्सएलको नयाँ मूल्य  ३ लाख ४६ हजार ९४६, एसएक्सएलको ३ लाख ६० हजार ९४६ रुपैयाँ र एसएक्सएल मेटको ३ लाख ६२ जार ९४६ रुपैयाँ कायम गरिएको छ ।

साथै १५० सिसी भिएक्सएलको नयाँ मूल्य ४ लाख लाख १ हजार ९४६ रुपैँया कायम गरिएको छ । एसएक्सल १५० को मूल्य ४ लाख १७ हजार ४४६ रुपैयाँ, एसएक्सएल १५० मेटको ४ लाख १९ हजार ४४६ रुपैयाँ र एलिगेन्टे १५० लाई ४ लाख ३९ हजार ४४६ रुपैयाँ कायम गरिएको छ ।

कम्पनीका अनुसार अप्रिलिया १२५ स्ट्रोम स्कुटरको नयाँ मूल्य २ लाख ७३ हजार ९०० रुपैयाँ, एसआर १२५को २ लाख ८३ हजार ९०० रुपैयाँ, एसआर १५०को ३ लाख ३४ हजार ९०० रुपैयाँ, एसआर १५० रेसको ३ लाख ५७ हजार ९०० रुपैयाँ र एसएक्सआर १६० को  ४ लाख ६० हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । 

यी ब्राण्डका स्कुटरको मूल्य वृद्धि हुनु भन्दा अगावै पुरानै मूल्यमा लिन चाहने ग्राहकलाई छिट्टै स्कुटर खरिद गर्न पनि कम्पनीले जनाएको छ । 

Skip This
Logo