बहुप्रतीक्षित महिन्द्रा एक्सयूभी-७०० नेपालमा आज लन्च हुँदै

बहुप्रतीक्षित महिन्द्रा एक्सयूभी-७०० नेपालमा आज लन्च हुँदै


भारतीय बजारमा निकै लाकप्रिय महिन्द्राको एसयूभी एक्सयूभी ७०० नेपाली बजारमा समेत उपलब्ध हुने भएको छ ।

महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले सो एसयूभी सोमबार लन्च गर्दैछ । नेपालमा ५ र ७ सिटर अप्सनमा उपलब्ध हुने ‘एक्सयूभी–७००’ तीन–तीन भेरिएन्टमा उपलब्ध हुनेछ । ५ सिटर एक्सयूभी ७०० को मूल्य ७४ लाख, ८१ लाख र ८९ लाख हुनेछ भने ७ सिटर एक्सयूभी ७०० को मूल्य ८३ लाख, १ करोड ५ लाख र १ करोड १० लाख रुपैयाँ हुनेछ । ५ र ७ सिट क्षमतामा आएको महिन्द्रा एक्सयूभी ७०० मा २ लिटरको टर्बो पेट्रोल इन्जिन उपलब्ध हुनेछ । सो इन्जिनले २०० पीएस पावर र ३८० एनएम टर्क जेनेरेट गर्छ ।

महिन्द्रा ‘एक्सयूभी–७००’ मा प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टेल लाइट, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, नेभिगेशन प्रणाली, रिमोर्ट स्टार्ट स्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । यसको टप भेरिएन्टमा भने १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ ।

यसैगरी, यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरु दिइएको छ । यसमा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम, इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङ, अटोनोमस पार्किङ असिस्ट र स्पीड अलर्ट जस्ता अन्य फिचर पाउन सकिन्छ । यसमा रहेको बोस्चले चालकलाई निन्द्रा लागेको पत्ता लगाउने प्रविधि पनि प्रयोग गरिएको छ । यसमा ६ वटासम्म स्पीकर र पानारोमिक सनरुफ पनि पाउन सकिन्छ ।

यसले, नेपाली बजारमा टाटा सफारी र एमजी हेक्टर प्लससँग प्रतिस्पर्धा गर्नेछ । हाल उपलब्ध एक्सयूभी ५०० को तुलनामा एक्सयूभी ७०० नेपाली बजारमा महिन्द्राको ठूलो एसयूभी हुनेछ । यसले सन् २०२२ को ग्लोवल एनक्यापले प्रदान गर्ने ‘सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको थियो । सो एसयूभीले ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

Logo