१८ असार २०७९ शनिबार
1
1
1
1

सोमबार दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री हुने

1
1
1
1

काठमाडौं,

नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गरेर कात्तिक २५ गते सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको हो ।

बैंकका अनुसार कूल ९१ दिने अवधिको १० करोड र १८२ दिने अवधिको दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिको ट्रेजरी बिल आगामी माघ २८ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ । बैंकले यसअघि कात्तिक १८ गते एक अर्ब ६६ करोड बराबरको ट्रेजरीबिल बिक्री गरेको थियो ।

प्रकाशित: २३ कात्तिक २०७६ ०७:०७ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी