कालिन्चोक दर्शनको आइपीओ बाँडफाँट, ८ हजार २०६ जनाको आवेदन रद्द

कालिन्चोक दर्शनको आइपीओ बाँडफाँट, ८ हजार २०६ जनाको आवेदन रद्द


कालिन्चोक दर्शन कम्पनीले आइपीओ बाँडफाँट भएको छ ।

बिहीबार बिहान बाँडफाँट गरिएको आइपीओमा ८९ हजार ६४० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । आइपीओका लागि कुल १४ लाख ७३ हजार ९६९ जना आवेदकले आवेदन दिएकामा ८ हजार २०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी गराएको छ ।

कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । जसमध्ये ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंक रहेको छ । 

Logo