आदर्श र नाडेप लघुवित्तद्वारा लाभांश घोषणा

आदर्श र नाडेप लघुवित्तद्वारा लाभांश घोषणा


आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन् ।

दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । आदर्श लघुवित्तले २१ दशमलव ०५ प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद गरी कूल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी दुई करोड सात लाख छ ।

यस्तै, नाडेप लघुवित्तले १० दशमलव ५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५२६ प्रतिशत नगदको प्रस्ताव गरेको हो । लघुवित्तको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती तथा कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

Logo