साओमीले आफ्ना उत्पादनहरु शून्य प्रतिशत इएमआइमा प्रदान गर्ने

साओमीले आफ्ना उत्पादनहरु शून्य प्रतिशत इएमआइमा प्रदान गर्ने


ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो उत्पादनहरु शुन्य प्रतिशत इएमआइमा प्रदान गर्ने भएको छ । कम्पनीले नबिल बैंक सँगको सहकार्यमा आफ्ना साओमी, पोको र रेडमीका स्मार्टफोन, टिभि लगायत ल्याप्टपमा इएमआइ सुविधा दिने भएको हो ।

मुलुकलाई अझै डिजीटल्ली कनेक्ट गर्ने उद्धेश्य सहित, बिना कुनै आर्थिक झन्झट बिना लेटेस्ट साओमी, पोको र रेडमी उत्पादनहरु प्रयोग गर्ने उपभोक्ताहरुको चाहनालाई सम्बोधन गर्नको लागि उक्त अफर ल्याइएको साओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पन्डाले जानकारी दिए । 

‘यो अफरसँगै बढी भन्दा बढी उपभोक्ताहरुले सहज र सरल तरिकाले हाम्रो उत्पादनहरु प्रयोग गर्न पाउनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। त्यस्तै हाम्रा उपभोक्ताहरु पनि यो अफरसँगै बेस्ट मोबाइल डिल पाउन उत्साहित हुनुहुनेछ भन्ने हामीले सोचेका छौँ।’ उनले भने । 

योसँगै अब उपभोक्ताहरुले साओमी, पोको र रेडमि का टिभि, ल्याप्टप, लगायत स्मार्टफोनमा शुन्य प्रतिशत इएमआइको सुविधासँगै आफूलाई डिजिटल्ली अपडेटेड राख्न सक्नेछन् । यो अफर नबिल बैंकको क्रेडिट कार्डमार्फत खरिद गर्दा ६ महिना सम्मको लागि लागु हुनेछ । त्यस्तै नयाँ क्रेडिट कार्ड प्रयोगकर्ताहरुको लागि पहिलो वर्षको वार्षिक शुल्क पनि मिनाहा गरिएको कम्पनीले जनाएको छ । 

Logo