सडकमै तरकारी फालेर किसानको प्रदर्शनः ‘बारीमा जाउँ भविष्य छैन, खाडी जाउँ उमेर छैन’

सडकमै तरकारी फालेर किसानको प्रदर्शनः ‘बारीमा जाउँ भविष्य छैन, खाडी जाउँ उमेर छैन’


भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू आन्दोलित भएका छन् । शुक्रबार किसानहरूले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका हुन् । टमाटर, काउली, बन्दालगायतका तरकारीले सडक ढाकिएका छन् ।  

भारतीय तरकारी आयातमा रोक लगाउन पटकपटक सरकारी निकायहरूमा सहयोग माग्दा बेवास्ता गरिएपछि सडकमै आउनु परेको किसानहरूकाे गुनासाे छ । ‘बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन’ जस्ता लेखिएका प्लेकार्ड र ब्यानर उनीहरुले बोकेका थिए ।

Logo