वायुसेवा सञ्चालक संघकाे दाबी- नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित छ

वायुसेवा सञ्चालक संघकाे दाबी- नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित छ


वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुबै सुरक्षित रहेको बताएको छ ।  

शुक्रवार संघले काठमाडौंमा हवाई सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको हो । संघले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ । 

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताए । उनले धेरै राम्रो हवाई सुरक्षा भएको देशहरुमा पनि विभिन्न कारण दुर्घटना हुने गरेको बताए । हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै दुर्घटनाबाट पाठ सिकेर थप हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक रहेको उनले उल्लेख गरे । 

अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन,मौसम,प्राविधिक पक्ष,व्यवस्थापन,नियमन र मानविय गल्ति लगायतको कुनैपनि कारण हुनसक्ने बताए । उनले नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको जिकिर गरे । हवाई उडान सुरक्षित रहेको सन्देश सञ्चारमाध्यमले पु-याउन आवश्यक रहेका उनले बताए । 

अध्यक्ष थापाले नेपालमा हवाई दुर्घटना हुन नदिनको लागि नियमन निकायले थप सुरक्षित अवधारणाहरु ल्याउन जरुरी रहेको औंल्याए । उनले नेपालको हवाई उद्योग मुलुकको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पु-याएको उल्लेख गरे । 

अध्यक्ष थापाले विमान काठमाडौं बाहिरका विमानस्थलमा पार्किङको लागि लैजानुपर्ने विषयमा नागरिक उड्ड्यन प्राधिकरणले बाहिरका विमानस्थलहरुमा प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराउनुपर्ने बताए । उनले वायु सेवा कम्पनीहरु नेपालका सबै क्षेत्रमा हवाइ सेवा पु-याउन तयार रहेको भन्दै सरकारले त्यही अनुसार हवाई पूर्वाधार बनाउन आवश्यक रहेको दाबी गरे । हरेक विमानस्थलमा प्राधिकरणले प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराएमा काठमाडौं भन्दा बाहिरका विमानस्थलहरुमा हवाई कम्पनीका जहाजहरु जान तयार रहेको उनले बताए ।  

उनले काठमाडौं विमानस्थलमा जहाज पार्किङको लागि सानो ठाउँ रहेको तर काठमाडौं बाहिरका विमानस्थलहरुमा पार्किङकका लागि प्राप्त पूर्वाधारहरु नभएको बताए । 

Skip This
Logo