२० मंसिर २०७८ सोमबार

हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने

काठमाडौं,

हिमालयन बैंकले आफ्ना शेयरधनीलाई कूल २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत शेयर लाभांश र १२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

प्रकाशित: २९ कात्तिक २०७६ ०७:०१ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी