आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?


नेपाल राष्ट्र बैंकले आइतबारका लागि विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम गरिएको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको भन्दा २ पैसा बढेको हो।

आईतबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ९५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ५९ पैसा छ। शुक्रबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसामा खरिदबित्री भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँले घटेको हो। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ ५० पैसा र बिक्रीदर १६० रूपैयाँ २३ पैसा तोकिएको छ।अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ २३ पैसा र बिक्रीमा ९१ रूपैयाँ ६४ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३९ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ११ पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २७ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिदमा आईतबार ३० रूपैयाँ ४० पैसा र बिक्रीमा ३० रूपैयाँ ५४ पैसा तोकिएको छ ।

यसैगरी, कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५० रूपैयाँ ९९ पैसा तोकिएको छ।

Logo