मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु


सुनसरीको हरिनगर गाउँपालिका -१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुबोध मुखीयाकी ७ वर्षीया छोरी नैना कुमारी रहेकी छिन्  ।

गम्भिर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो  । को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले  सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो।

मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ  । 

Logo