मोलुङ हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

मोलुङ हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन


मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । फागुन १० गते  बैंकिङ समयसम्म आईपीओमा आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले १ सय अंकित दरका कुल २७ लाख २८ हजार ५ सय कित्ता आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

यसैगरी, ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन् । सीडीएससीका अनुसार सोमबार साँझसम्म ११ लाख ४४ हजार १२९ आवेदकबाट कुल १ करोड २८ लाख ५९ हजार ५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ५.६८ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परिसकेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ । जसमा भाग्यमानी २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् । यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन् । 

Logo