१० असोज २०७८ आइतबार

भोटेकोशीमा अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि

सिन्धुपाल्चोक,

आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा हुने भएको छ ।

नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज् (नारा) को आयोजनामा आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म अन्तर्राष्ट्रियस्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको हो । नाराले शुक्रबार पत्रकार सम्मेलन गरी साहसिक जलयात्रामार्फत मुलुकको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ¥याफ्टिङ तथा कायाक प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष गङ्गाप्रसाद नेपालले हरेक वर्षझैँ यसवर्ष पनि नाराले जलयात्रामार्फत मुलुकको पर्यटन प्रवद्र्धनका लागि कायाक र कर्पोरेट ¥याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो । “प्रतियोगितामा सालोलम, बोटर क्रस र डाउन रिभर रेस गरी तीन विधामा कायाक प्रतियोगिता तथा कर्पोरेट हाउसलाई सहभागी गराएर एक विधामा समूहगत ¥याफ्टिङ रेस प्रतियोगिता गर्नेछौँ”, उहाँले भन्नुभयो ।

नाराका महासचिव शिशिर खनालले यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशी नदीमा ¥याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लिएको उद्देश्य अनुरूप विदेशी पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचारप्रसार र प्रवद्र्धन गर्न प्रतियोगिताले सहयोग पुग्ने महासचिव खनालले बताउनुभयो ।

कर्पोरेट ¥याफ्टिङ रेस प्रतियोगितामा भाग लिने टिमलाई ७५ हजार दर्ता शुल्क लाग्ने नाराले जनाएको छ । ¥याफ्टिङ रेस प्रतियोगितामा प्रथम हुने समूहलाई एक लाख नगद, प्रशंसापत्र र मेडल, दोस्रो हुने समूहलाई ५० हजार प्रशंसापत्र र मेडल तथा तेस्रो हुने समूहलाई २५ हजार नगद प्रशंसापत्र र मेडल प्रदान गरिनेछ ।

यस्तै कायाकतर्फ दर्ताशुल्क विदेशी खेलाडीलाई पाँच हजार ५०० र स्वदेशी खेलाडीलाई तीन हजार लाग्नेछ । तीनै प्रकारका कायाकमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिने नाराले जनाएको छ ।

नाराले गतवर्ष लमजुङको मस्र्याङ्दी नदीमा कायाक तथा ¥याफ्टिङ रेस प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा स्वदेश तथा विदेशका झण्डै ३०० खेलाडीको सहभागिता रहनेछ ।

सन् २००२ बाट कायाक र ¥याफ्टिङ प्रतियोगिता गराउँदै आएको नाराले पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस वर्ष विदेशी ३० भन्दा बढी खेलाडीको सहभागिता रहने सहकोषाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै रु ६० लाख ५० हजार खर्च लाग्ने नाराले जनाएको छ ।
रासस

प्रकाशित: ७ मंसिर २०७६ ०६:२६ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी