ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ ।

कम्पनीले फागुन १६ गते बुक क्लोज गर्नेछ । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर १२ प्रतिशत र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस लघुवित्तले फागुन २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । वार्षिक साधारण सभा बेस्ट रिसोर्ट नेपाल, लेकसाइड पोखरामा बिहान ९ बजे सुरु हुनेछ ।
 

Logo