1
0
Shares

ग्लोबल आइएमई बैंकको २५.५ प्रतिशत लाभांश पारित

1
1
1

काठमाडौं,

ग्लोबल आइएमई बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आव. २०७५/७६ मा आफ्ना सेयरधनीलाई १२.७५ प्रतिशत बोनश सेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बैकले आ.ब. ०७५/७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको पनि जनाएको छ । बोनश सेयर वितरण पश्चात बैंकको चुक्तापुँजी ११ अर्व ७६ करोड रुपैयाँ पुग्नेछ । साथै, साधारण सभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृती प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ । साधारण सभाले बैंकको अधिकृत पूँजी १६ अर्बलाई बृद्धि गरी २५ अर्ब कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ ।

प्रकाशित: ८ मंसिर २०७६ ०९:२० आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी