इलाममा भूकम्पको धक्का महसुस

इलाममा भूकम्पको धक्का महसुस


इलाममा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार बिहान १० बजेर ३ मिनेटमा इलामको माइमझुवा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । केन्द्रका अनुसार यसअघि यही फागुन १० गते बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Logo