बैंकको चर्को व्याजदरविरूद्ध कैलालीका व्यवसायी आन्दोलित, आज पैसा जम्मा नगर्ने घोषणा

बैंकको चर्को व्याजदरविरूद्ध कैलालीका व्यवसायी आन्दोलित, आज पैसा जम्मा नगर्ने घोषणा


चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरेर नयाँ शैलीको विरोध गर्ने भएका छन् ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार बैंक, लघुवित्त र सहकारीहरुले बढाएको व्याजदर घटाउन दबाब स्वरुप व्यवसायीले आज एक दिन नगद जम्मा नगरी विरोध जनाउन लागेको हो । वित्तिय संस्थाहरुले व्याजदरमा चर्को मूल्य बढाएपछि व्यवसायबाट विस्थापित र पलायन हुने अवस्थामा पुगेको भन्दै केही दिनदेखि व्यवसायीहरुले आन्दोलनन गर्दै आएका छन् ।

दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गर्दैआएका धनगढीको ब्यावसायीले आज भने नगद जम्मा नगरेर विरोध शैली परिवर्तन गर्न लागेका हुन् । बुधबार व्यवसायीले नेपाल राष्ट्र बैंक, धनगढी अगाडि विरोध प्रदर्शन गरेका थिए । यसअघि मासिक ७ प्रतिशत तिर्दै आएको भए पनि वित्तीय संस्थाहरुले हाल एकैचोटी १७ प्रतिशसम्म ब्याजदर बढाएपछि व्यवसायी आन्दोलित हुदैँ आएका छन् । 

Logo