ओखलढुंगामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

ओखलढुंगामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते


ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ दियालेमा आइतबार बिहान एउटा यात्रुबहाक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 

सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेको जनाइएको छ । घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको मृत्यु भएको हो। घटनामा परी घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

Logo