1
0
Shares

झापामा मह प्रशोधन उद्योग सञ्चालनमा

1
1
1

झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ । 

मौरीपालन गर्ने महिला किसानको पहलमा जिल्लामै पहिलोपटक महप्रशोधन उद्योग स्थापना भएको हो ।  सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको १ करोड २५ लाख रुपैयाँ लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताए । 

उनले उद्योगमा वार्षिक १० हजार मेट्रिक्टनभन्दा बढी मह उत्पादन हुँदै आएको जानकारी दिए ।  व्यावसायिक रुपमा मह उत्पादनका लागि सतासीमा खेती समेत गरिँदै आइएको छ । अब आधुनिक मेसिनबाट मह प्रशोधन हुने भएकाले बजारीकरणमा पनि समस्या नहुने किसान धनमाया पाठकले बताउँछन्।

उनका अनुसार पहिलो चरणमा महप्रशोधन उद्योगमा  सात महिलाले रोजगारी  पाएका छन् । शिवसताक्षी–११ मा बासिन्दाले सरदर १० देखि दुई  सय ५० घारसम्म माहुरी पालेका छन् । मौरीपालन ‘ब्लक’ क्षेत्रसमेत घोषणा गरिएको शिवसताक्षी–११ भित्र मात्र झन्डै तीन सयभन्दा बढी महिलाले व्यावसायिक रूपमा नै मौरीपालन गर्दै आएको र यसबाट वार्षिक ६० टनभन्दा बढी मह उत्पादन हुँदै आएको छ ।
 

अर्थ संसार

प्रकाशित: २१ फागुन २०७९ १०:२८ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी