ओखलढुंगा र धनुषामा सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु

ओखलढुंगा र धनुषामा सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु


ओखलढुंगा र धनुषामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगामा आज बिहान भएको दुर्घटनामा दुई जनाको र धनुषामा गएराति भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान ना १ ज ८४७३ नम्बरको जिप दुर्घटना हुँदा चिशंखुगढी–३ का मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

यसैगरी धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ मा गएराति ज १ त ५२४५ नम्बरको ट्याक्टरसँग ठोक्किएर ज १० प ६४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्थानीय ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सतो साह सुडीको मृत्यु भएको छ ।

धनुषाकै गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा प्रदेश २–०२–००६ प २६५१ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा शहीदनगर नगरपालिका–९ कि ४५ वर्षीया कुमारीदेवी मण्डलको मृत्यु भएको छ । मोटरसाइकल चालक उनका छोरा २८ वर्षीय उदयकुमार मण्डल घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Logo