शुभम् पावरको पहिलो कारोबार खुल्यो

शुभम् पावरको पहिलो कारोबार खुल्यो


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुभम् पावरको सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘एसपीएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ । शुभमको पहिलो कारोबार प्रतिकित्ता २६५ रुपैयाँमा भएको र सोही भाउलाई आधार मानेर कम्पनीको कारोबार हुनेछ ।

शुुभम् पावरको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ८८ रुपैयाँ ४८ पैसादेखि अधिकतम २६५ रुपैयाँ ४४ पैसा तोकेको थियो । सोही रेन्जको विन्दुबाट यसको कारोबार खुला भएको छ ।

शुभम् पावरको चुक्ता पुँजीका आधारमा कायम २० लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि सेयर कारोबार हुन नसकेको हो ।

Skip This
Logo