केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस बजारमा, यस्ताे छ फिचर

केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस बजारमा, यस्ताे छ फिचर


नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था इओएल प्रालिले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आरओ मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ। 

१. केन्ट पर्ल स्टार

केन्ट पर्ल स्टार आरओ वाटर प्युरिफायर शुद्धताको डिजिटल डिस्प्लेको साथ आउँछ। यसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ।

यसले आरओ, युभी, युएफ र टिडिएस नियन्त्रणको बहुविध शुद्धिकरण प्रक्रियाहरूद्वारा पानीलाई १०० प्रतिशत शुद्ध बनाउन प्रयोग गर्छ। यस प्रक्रियाले आर्सेनिक, रस्ट, किटनाशक र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानी पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्छ।

यो आरओ वाटर प्युरिफायर पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्छ। साथै, यसमा झन्झट मुक्त सफाई र स्वच्छ उपभोगका लागि पारदर्शी भण्डारण ट्यांकी छ जुन झिकेर सफा गर्न सकिन्छ। यो प्युरिफायर खारा, धारा र नगरपालिकाको पानीलाई शुद्ध गर्नको लागि उपयुक्त छ। केन्ट पर्ल स्टारको बजार मूल्य ४९ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ। 

२. केन्ट क्रिस्टल स्टार

क्रिस्टल सिरिजको स्टार, केन्ट क्रिस्टल स्टार एक प्राविधिक रूपमा उन्नत आरओ वाटर प्युरिफायर हो, जसमा शुद्धताको डिजिटल डिस्प्ले सुविधा छ। यसले पनि शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ।

यसले आरओ र युभीको बहुविध शुद्धिकरण प्रक्रिया प्रयोग गर्छ। युएफ टिडिएस कन्ट्रोलले पानीलाई १०० प्रतिशत शुद्ध बनाउनका लागि आवश्यक प्राकृतिक खनिजहरू कायम राख्दछ। साथै, यसको भण्डारण ट्यांकीमा रहेको युभी एलइडीले पानी ब्याक्टेरिया मुक्त र शुद्ध राख्छ।

नेपाली घरहरू र कार्यालयहरूको लागि उपयुक्त यो उपकरण सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त छ। केन्ट क्रिस्टल स्टारको बजारको मूल्य हाललाई ४८ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ। 

३. केन्ट क्रिस्टल प्लस

केन्ट क्रिस्टल प्लस आरओ, युभी, युएफ, टिडिएस कन्ट्रोल प्रविधिमा आधारित छ। यो अत्याधुनिक प्युरिफायरले हरेक पटक १०० प्रतिशत शुद्ध पानी प्राप्त गर्न सकिन्छ। मिनरल आरओटीएम प्रविधि भएको यो प्युरिफायरले इनबिल्ट टिडिएस कन्ट्रोलर प्रयोग गरी शुद्ध पानीमा आवश्यक प्राकृतिक खनिजहरू यथावत राख्छ। कम्पनीले केन्ट क्रिस्टल प्लसको बजारको मूल्य ३५ हजार नौ सय ९० रुपैयाँ तोकेको छ।

केन्ट आरओ प्युरिफायरहरूलाई डब्ल्युक्युएको अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सिल र एनएसएफ (संयुक्त राज्य अमेरिका) बाट प्रमाणपत्र प्रदान गरिएको छ। साथै केन्टले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार र मान्यता प्राप्त गरेको छ। केन्टका पानी प्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, किटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन्।

Skip This
Logo