1
1
1

प्रतितोला १ लाख ७ हजार रुपैयाँ पुग्यो सुनको मूल्य

1
1

नेपाल सुन चाँदी व्यवसायी महासंघले चैत ३ गते शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७ हजार रुपैयाँ पुगेको जनाएको छ । 

शुक्रबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो ।  यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको छ । 

यता चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ 

अर्थ संसार

प्रकाशित: ३ चैत २०७९ १०:४६ शुक्रबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी