ग्लोबल आइएमईका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत सामान किन्दा आकर्षक छुट

ग्लोबल आइएमईका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत सामान किन्दा आकर्षक छुट


ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकले मेट्रो मार्टका काठमाडौंभित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । 

बैंकले सार्वजनिक गरेको यस योजनाअनुसार ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । यो छुट एकपटकको खरिदमा अधिकतम एक सय रुपैयाँ र योजना अवधिभर तीन सय रुपैयाँ पाउने जनाइएको छ ।

योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलाका स्टोरहरूमा लागू हुने बैंकले जनाएको छ । 

बैंकले हाल देशका ७७ वटै जिल्लामा तीन सय ६४ शाखा, तीन सय ६३ एटिएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन साथै राजस्व काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।

Logo