1
1
1

निसानका ईभी खरिद गर्न एभरेष्ट बैंकबाट कर्जा पाइने

1
1

निसानको नेपालका लागि आधिकारिक विक्रेता ‘पायोनियर मोटोकर्प प्रालि’ले बिक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । 

निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन पाउने दुई संस्थाबीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिश कुमार आचार्य र पायोनियर मोटो कर्पको तर्फबाट सह–महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ । सम्झौताअनुसार, एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलोसँग उपलब्ध हुनेछ ।

ईभीको लागि बेस रेटमा ३.५० प्रतिशत र अन्यको लागि बेस रेटमा ४ प्रतिशत ब्याजदर हुनेछ भने ७ वर्षको आवधि सहितको कर्जा उपलब्ध हुनेछ । यसका लागि सेवा शुल्क मात्र ०.५ प्रतिशत हुनेछ । केवल २० प्रतिशतको डाउन पेमेन्टमा, ग्राहकहरू अब निसान ईभीको मालिक हुन सक्छन् ।

अहिले एभरेष्ट बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरुबाट नेपालभर लागु हुने जनाइएको छ ।

प्रकाशित: ३ चैत २०७९ १७:४९ शुक्रबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी