टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ इन्टरप्राइजेजले विशेष एक्सचेन्ज क्याम्पको रुपमा ‘ह्याप्पीनेस विकेन्ड’ सुरु गरेको छ ।
शुक्रबारदेखि शुरु भएको उक्त क्याम्प आगामी आइतबारसम्म चल्ने छ ।
काठमाडौंमा रहेका सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा उक्त क्याम्प आयोजना हुनेछ । क्याम्पमा गएर टेस्ट ड्राइभ, आफ्नो पुरानो गाडीको मूल्याङ्कन र नयाँ गाडीको बुकिङ गराउँदा ग्राहकले हात खाली नजाने आकर्षक गिफ्ट समेत पाउने जनाइएको छ ।
एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्रान्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ २०२३ मोडेलका नेक्सन ईभी तथा टिगोर ईभीसँग साट्न सकिने व्यवस्था मिलाइएको छ । ग्राहकको सहजताका लागि शोरुममै बैंकिंग सुविधा, इन्स्योरेन्स सुविधा रहेको छ ।
उक्त क्यापमा चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्याङ्कन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइने कम्पनीले जनाएकाे छ ।
प्रकाशित: ३ चैत २०७९ १८:०० शुक्रबार