ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग प्रधानमन्त्री प्रचण्डको छलफल

ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग प्रधानमन्त्री प्रचण्डको छलफल


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्डसँग जोडिएका आयोजना निर्माण,आगामी कार्यदिशा र समस्याको विषयमा छलफल गरेका छन् । 

शुक्रवार लगानी बोर्डको कार्यलयमा नेपालका विभिन्न ठूला आयोजनामा लगानी गर्ने ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्ड जोडिएका आयोजना निर्माण,आगामी कार्यदिशा र समस्याको विषयमा छलफल गरेको बोर्डका कार्यकारी अधिकृत सुशिल भट्टले बताए । उनले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र करिव ३ खर्ब रुपैयाँ बराबरका आयोजनाका विकास कर्ताका प्रतिनिधि र अध्यनन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिसँग छलफल गरेको बताए । 

उनले लगानी बोर्डले स्वीकृतको लागि पाइपलाइनमा रहेका ठूला जलविद्युत आयोजना नतिजामुखी कार्यान्यन ढाँचामा आवद्ध भइसकेको बताए । उनले ९०० मेगावट क्षमताको अरुण ३,६७० मेगावाट क्षमताको तल्लो अरुण, ३७० मेगावटको अधएजलाशययुक्त अपर मस्र्याङ्दी र अन्य औधोगिक पूर्वाधारहरु आयोजनाहरु पाइपलाइनमा रहेको बताए । 

यी आयोजनालाई बोर्डले प्राथमिकता दिएर नतिजा उन्मुख काम गर्ने उनले बताए । 

बोर्डका कार्यकारी अधिकृत भट्टले विश्वको अर्थतन्त्रको अवस्थालाई हेरेर आयोजना छनोटमा सजक हुन आवश्यक रहेको बताए । उनले अब लगानी बोर्डले मुलुकको आर्थिक र सामाजिक विकासमा गरी मुहार फेर्नसक्ने आयोजनाहरुको पहिचान,अध्ययन गरेर मात्रै अगाडि बढाउनुपर्ने बताए । 

Logo