किन चर्चामा छ सीजीको केवाईसी भी ५ इलेक्ट्रिक भ्यान ?

किन चर्चामा छ सीजीको केवाईसी भी ५ इलेक्ट्रिक भ्यान ?


सीजी मोटर्सले हालै मात्र नेपाली बजारमा भित्र्याएकाे केवाईसी भी ५ इलेक्ट्रिक भ्यानको चर्चा निकै बढ्दो छ । ११ सिट उपलब्ध रहेकाे उक्त इलेक्ट्रिक भ्यानमा सवार भएर एक स्थानबाट अर्को स्थानमा पुग्न यात्रुहरुले निकै सहजकाे महसुस गरेपछि ग्राहक आकर्षित भएका हुन्।

१८० एमएम ग्राउन्ड क्यिलरेन्स भएको उक्त भ्यानमा सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने बताइएको छ । यसमा ४१.८६ किलोवाट आवर र १२५ एएचको ब्याट्री प्रयोग गरिएको हुन्छ । सो इलेक्ट्रिक भ्यानबाट प्रदूषणमुक्त तरिकाले यात्रा गर्न सकिनुका साथै पैसाको समेत बचत हुन्छ । यसले गर्दा विशेष गरी लामो दुरीमा यात्रा गराउने व्यवसायमा संलग्न व्यवसायीहरु यो भ्यानप्रति आकर्षित भएको पाइन्छ । 

कम्पनीका अनुसार ६.६ किलोवाटको नर्मल चार्जरबाट चार्ज गर्न सकिने उक्त भ्यानमा सीएटीएलको ब्याट्री प्रयोग गरिएको छ । यो गाडीमा सेन्ट्रल लकिङ सहितको इलेक्ट्रिक विन्डो, एबीएस, ईपीएस, डीआरएल, फ्रन्ट फगल्याम्प, एमपीथ्री, टीपीएमएस, ईडीआर लगायतका सुविधा उपलब्ध छ । साथै पेट्रोलियम पदार्थको प्रयोग गर्नु नपर्ने र थोरै खर्चमा यात्रा सम्पन्न हुने भएकाले व्यवसायीहरुले यसलाई निकै नै रुचाएको पाइन्छ । 

Logo