कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


कुमारी बैंकले ३८ हजार ६ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको  जनाएको  छ। 

उक्त सेयरधनीहरू तर्क बहादुर बुढाथोकीको ५ हजार २ सय ६४ र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३ सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्ने जनाइएको छ।  
 
उक्त सेयर भाउ बिक्रेताले तोको बमोजिम हुने छ। बैंकका अनुसार समयमा सेयरधनीले उक्त सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने छ।

बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौँमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
 

Logo