काठमाडौं,
ग्राहकहरूलाई अझै उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । नबिल ग्राहक सेवा केन्द्रले आफ्ना ग्राहकहरूलाई चौबिसै घण्टा ३६५ दिन सेवा प्रदान गर्नेछ ।
नबिल ग्राहक सेवा केन्द्रले ग्राहकहरूका लागि एकल विन्दुको रूपमा काम गर्नेछ । बैंकको ग्राहक सेवा केन्द्र अत्याधुनिक प्रविधियुक्त हुनेछ र यसले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नेछ ।
ग्राहक सेवा केन्द्रले आगमन र बाहिय कलहरू दुवै सम्हाल्नेछ र यसले देश तथा विदेशमा रहनुभएका ग्राहकवर्गहरूलाई सूचना आदान–प्रदान गर्ने कार्य गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकको यस ग्राहक सेवा केन्द्रले हाम्रा ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्दत गर्ने, ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्य रूपमा जोड दिँदै आएको बताए ।
प्रकाशित: १८ मंसिर २०७६ ०९:१८ बुधबार