यस्तो छ शुक्रबार विदेशी मुद्राको विनियम दर

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनियम दर


आज चैत  १० गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बिहीबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज ६३ पैसाले घटेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ ।

यसअघि बिहिबार उक्त डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य  १३२ रुपैयाँ ५६ पैसा तोकिएको थियो । बुधबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।  

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा तोकिएको छ।  बिहिबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ९८ पैसा कायम गरिएको थियो। बिहिबारको तुलनामा आज युरो ४८ पैसाले बढेको हो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य १६२ रुपैयाँ १८ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ९२ पैसा कायम गरिएको थियो ।  त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ १९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ र बिक्रीमा ९६ रुपैयाँ ४४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ८ पैसा र बिक्रीमा ३६ रुपैयाँ २४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ १२ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा, मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ७३ पैसा र बिक्रीमा २९ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिदमा आज ४२९ रुपैयाँ ८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ८१ पैसा तोकिएको छ।

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनियम दर कति ?

 

Logo