अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक हुन आवश्यक -सभामुख घिमिरे

अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक हुन आवश्यक -सभामुख घिमिरे


सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन् । 

शनिवार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौं साधरण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार,संसद र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका हुन् । उनले व्यवसायीहरुलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन गर्नुपर्ने भन्दै त्यस्तो काम हुन नसकेको बताए । 

सभामुख घिमिरेले यस्तो अवस्थामा एकतर्फि रुपमा बैंकको ब्याजदर वृद्धि गर्न नहुने बताए । उनले वर्तमान परिस्थितीलाई चाँडै अन्त्य गर्नको लागि सरकार,संसद,सांसद र नीजि क्षेत्रको भुमिका एक ठाउँ ल्याउन आवश्यक रहेको बताए । 

उनले पछिल्लो समय बैंकको ब्याजदर वृद्धि लगायत व्यवसायीहरुका अन्य समस्या समाधान गर्नको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए । 

सभामुख घिमिरेले व्यवसायीहरुको आन्दोलन भन्दा वार्ताका माध्यमबाट समस्या समाधानको लागि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे । उनले देशको अर्थतन्त्रमा गम्भिर स्थिति देखापरेको भन्दै त्यसको सामना गर्नको लागि सबैले आ– आफ्नो ठाउँबाट  लाग्न जरुरी रहेको बताए । 

महासंघले साधरण सभामार्फत बैंकको ब्याजदर एकल अंकमा ल्याउन आवश्यक पहल गर्न माग गरेको छ । महासंघले समय उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न सरकार गम्भिर हुन माग गरेको छ । 

बैंक कर्जाको ब्याजदर सरकारले एकल अंकमा ल्याउनुपर्ने, सरकारले विदेसिने युवाहरुलाई देशभित्र नै रोजगारी दिनको लागि स्वरोजगार मुलक तालिमको व्यवस्था गर्ने, व्यवसायीले आयात गर्ने वस्तुहरुको भन्सारदर कम गर्नु पर्ने र व्यवसायीहरुलाई लगाईएको दोहोरो कर प्रणाली अन्त्य गर्नुपर्ने माग गरेको छ ।

 

Logo