एनएलजी इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएलजी इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


एनएलजी इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । इन्सुरेन्सले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्दैछ ।

यस कम्पनीले लाभांश प्रस्ताव पारित गर्न चैत २० गते वार्षिक साधारण सभा डाकेको छ ।

इन्सुरेन्सले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत २३ गते बुक क्लोज गर्दैछ । त्यसैले यो कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नु पर्नेछ । 

यस्तै, अधिकृत पुँजी १.५० अर्ब रुपैयाँ बाट वृद्धि गरी ३ अर्ब पुर्याइने, प्रबन्धपत्र संशोधन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेलगायतको योजना सभामा पेश हुनेछ ।

यस्तै, साभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डाहरु पनि रहेको छ । आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।  

Logo