नेपाल टेलिकमका ग्राहक घट्न थाले

नेपाल टेलिकमका ग्राहक घट्न थाले


नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदनले टेलिकमको ग्राहक घट्दै गएको देखाएको हो ।

नेपाल दरसञ्चार प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमै नेपाल टेलिकमसहितका मोबाइल सेवा प्रदायकको सिमसंख्या कुल ५४ लाख ७२ हजार १ सय ६२ संख्याले घटेको छ । एक वर्षमा सबैभन्दा बढी अर्थात् ३४ लाख ६८ हजार १ सय ५५ ग्राहक एनसेलले गुमाएको छ । एनसेलको पुससम्म १ करोड ३४ लाख ९ हजार ६१ जना प्रयोगकर्ता बाकी रहेका छन् । यद्यपि, गत मंसिरको तुलनामा पुसमा भने १५ सय ग्राहक बढेको छ ।

गत मंसिरसम्ममा कुल १ करोड ९९ लाख ७७ हजार ३९ इन्टरनेट ग्राहक भएको नेपाल टेलिकमको पुस महिनासम्ममा आइपुग्दा १ करोड ९६ लाख २२ हजार ६ सय ५४ मा सीमित भएको हो । मंसिरदेखि पुससम्मको एक महिनामा मात्रै ३ हजार ३ सय २९ जना ग्राहक गुमाएको हो ।

टेलिकमको टेलिफोन ग्राहक पनि २ करोड १३ लाख २५ हजार ३ सय ५१ बाट २ करोड ९ लाख ८० हजार २ सय ३८ मा सीमित भएको छ । टेलिकमको सबैभन्दा बढी ग्राहक जीएसएम मोबाइलको ग्राहक घटेको छ । मंसिरसम्ममा २ करोड १ लाख ८६ हजार १ सय ६० रहेकोमा पुसमा आइपुग्दा १ करोड ९८ लाख ४२ हजार ७ सय ३२ रहेको छ ।

दरसञ्चार कम्पनी नेपाल टेलिकमले पनि एक वर्षमा २० लाख ५२ हजार ९ सय ९१ ग्राहक गुमाएको छ । हाल कम्पनीका २ करोड ९ लाख ८० हजार २ सय ३८ जना प्रयोगकर्ता रहेका छन् । नेपाल दरसञ्चार प्राधिकरणका अनुसार स्मार्ट टेलिकमको भने मंसिरको तुलनामा पुसमा २ हजार ग्राहक संख्या पुगेको देखाएको छ । स्मार्टको २४ लाख १८ हजार २ सय ११ रहेको छ ।

पुससम्ममा नेपाल टेलिकमको २ करोड ९ लाख ८० हजार २ सय ३८ ग्राहक रहेको छ भने एनसेलको १ करोड ३४ लाख ९ हजार ६१ रहेको छ । पुससम्ममा लायन्ड लाइनसहित ३ करोड ६८ लाख १० हजार पुगेको छ भने मोबाइल ग्राहक संख्या ३ करोड ५९ लाख ८९ हजार ६ सय ९८ रहेको छ । नेपालमा कुल इन्टरनेट ग्राहकको संख्या ३ करोड ८१ लाख ३७ हजार ६ सय ५५ रहेका छन् ।

एनसेलको ८७ लाख १० हजार इन्टरनेट ग्राहकमध्ये थ्रीजी ग्राहक १८ लाख ६५ हजार र फोरजी ग्राहक ६८ लाख ४४ हजार ९ सय पुगेको छ । यसैगरी, स्मार्टको १ लाख ७ हजार र अन्य इन्टरनेट सेवा प्रदायकको संख्या ९६ लाख ९७ हजार रहेको छ । 

दरसञ्चार प्राधिकरणका अनुसार टेलिकमको १ करोड ९६ लाख २२ हजार इन्टरनेट ग्राहकमध्ये एडीएसएल ग्राहक ३ लाख १९ हजार, फाइबर टु द होम ग्राहक ९ लाख १७ हजार, थ्रीजी ६० लाख ५१ हजार ७ सय, फोरजी १ करोड २१ लाख ९७ हजार र ई-भिडियो ग्राहक १ लाख ३६ हजार ५ सय रहेको छ।

Logo