नेपाली बजारमा बजाज मोटरसाइकलको २५ वर्ष पूरा, ल्यायो आकर्षक अफर

नेपाली बजारमा बजाज मोटरसाइकलको २५ वर्ष पूरा, ल्यायो आकर्षक अफर


बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले आकर्षक अफर ल्याएको छ । 

नेपाली बजारमा भित्रिएको २५ वर्ष पूरा भएको अवसरमा कम्पनीले आकर्षक अफर ल्याएको हो । सो अफर अन्तर्गत २५ प्रतिशत डाउन पेमेन्टमा बजाज मोटरसाइकल उपलब्ध हुनेछ । बाँकी रकम किस्ताबन्दीमा तिर्न सकिने छ ।

यसैगरी कुनै पनि मोटरसाइकल किन्दा १० हजार रुपैयाँ स्योरसट छुट उपलब्ध हुनेछ भने २५ जनालाई १ किलोग्राम चाँदी उपलब्ध गराइने कम्पनीले छ । नयाँ वर्ष २०८० लाई समेत लक्षित गरी सो अफर ल्याइएको हो ।

सन् १९९८ देखि नेपाली बजारमा बिक्री–वितरण गर्न सुरु भएको बजाज मोटरसाइकल अहिले पनि सर्वाधिक रुचाइएको पाइन्छ । हाल १ लाख ९५ हजार ९ सय रुपैयाँ मूल्यको बजाज प्लाटिना देखि ६ लाख ५४ हजार रुपैयाँ मूल्यको डोमिनार एबीएस बीएस६ सम्मका १९ मोडलका मोटरसाइकल बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  

Skip This
Logo