नयाँ वर्षमा हुन्डाईको गाडी खरिद गर्दा ५ लाखसम्म नगद छुट

नयाँ वर्षमा हुन्डाईको गाडी खरिद गर्दा ५ लाखसम्म नगद छुट


हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँ वर्ष २०८० को उपलक्ष्यमा आकर्षक अफर सार्वजनिक गरेको छ । 

‘हुन्डाईसँग नयाँ वर्ष २०८० अफर’ नामक उक्त अफरअन्तर्गत हुन्डाईको नयाँ गाडी खरिद गर्ने ग्राहकहरुले ५ लाखसम्म नगद छुट पाउने छन् । साथै नयाँ वर्ष बोनसको रुपमा ८० हजार रुपैयाँ र एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । 

त्यसैगरी मोडल इयर डिस्काउन्ट स्वरुप २ लाख रुपैयाँ छुट हुने छ भने अन्य अफरमा कम्पनीले १ वर्षको बिमा र सडक कर निःशुल्क उपलब्ध गराउने छ । 

हुन्डाईको नेपाली बजारमा सुरु भइसकेको यो अफर एक महिनासम्मको लागि सञ्चालन हुने बताइएको छ । 

Logo