छोरीले इन्स्टाग्राममा एक करोड फलाेअर्स पाउँदा आमाले दिइन् लक्जरी कार उपहार

छोरीले इन्स्टाग्राममा एक करोड फलाेअर्स पाउँदा आमाले दिइन् लक्जरी कार उपहार


उपहार प्राप्त गर्न मन नपराउने सायद कोही छैनन् । आजभोली सामाजिक सञ्जालमा कुनै उत्सवका अजसरमा खुशियालीका तस्विर र भिडियोहरू पाेष्ट भइरहेका छन्, जसमा मानिसहरूले आफ्ना श्रीमान्, आमाबाबु, बच्चाहरू वा भाइबहिनीहरूलाई कार र बाइक उपहार दिइरहेका हुन्छन् । 

हालै चर्चित चलचित्र उरीः द सर्जिकल स्ट्राइकमा अभिनय गरेकी १३ वर्षीया किशोरी रिवा अरोराले इन्स्टाग्राममा १ करोड फलोअर्स बनाएकोमा आमाबाट आकर्षक उपहार पाएकी छिन् । 

रिवालाई उनकी आमाले कालो रङको लक्जरी कार औडी क्यु३ उपहार दिएकी हुन्, जसको प्रारम्भिक मूल्य नै ४४ लाख रुपैयाँ पर्दछ ।  उनले आफ्नो इन्टाग्राममा कारको फोटो पोस्ट गर्दै आफ्नी आमा र मुम्बईस्थित औडी डिलरसिपलाई धन्यवाद समेत दिएकी छिन् । साथै उनले यसलाई अविस्मरणीय क्षणको रुपमा लिएकी छन् । 

सो कारको मूल्य ४४ लाख ८९ हजार देखि ५० लाख ३९ हजार भारुसम्म रहेको छ । यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन जडान छ जसले १९० बीएचपी पावर र ३२० एनएम टर्क दिन्छ । सो कारले ७.३ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति लिन सक्छ । एसयूभी पल्स ओरेन्ज, ग्लेशियर ह्वाइट, क्रोनोस ग्रे, माइथोस ब्ल्याक र नभेरा ब्लू शेडमा उपलब्ध छ। 

Logo